नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सामान्य परिचय
नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।
१. भूगोलः
- सीमानाः पूर्वः चितवन जिल्ला; पश्चिमः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला; उत्तरः पाल्पा र तनहुँ जिल्ला; दक्षिणः चितवन र भारतको विहार प्रदेश पर्दछ ।
- क्षेत्रफलः १,३३१.१६ वर्ग कि.मी.
- भारतसंग जोडिएको सीमाको लम्वाईः नारायणी नदि करिव ३ कि.मि.
- सबै भन्दा अग्लो भू-भागः समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली)
- कृषियोग्य जमिनः ४३८९७ हेक्टर
- वनजंगलले ढाकेको क्षेत्रः ५८.४९%
- मुख्य नदी: कालीगण्डकी र नारायणी
- प्रमुख खोलानाला: झरही खोला, कावासोती खोला, गिरुवारी खोला, विनयी खोला
- प्रमुख ताल : पोखरी ताल र टरुवा ताल
- मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुः दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्षधाम, शास्वतधाम, अकलादेवी मन्दिर, घुमारीघाट, ल्होसेधारा, महाराजाथान, सिख्रौली घाट, धौवादी देवचुली डाँडा, अमलटारी होमस्टे
२ जनसंख्याः (२०६८ सालको जनगणना अनुसार)
- जनसंख्याः ३११६०४
- महिला : १६८८२५
- पूरुष : १४२७७९
- शहरी क्षेत्रको जनसंख्या: ७०.१४%
- ग्रामिण क्षेत्रको जनसंख्या: २९.८६%
- जनघनत्वः २३४.०८ प्रति वर्ग कि.मि.
- मुख्य जातिहरुः ब्राम्हण, क्षेत्री, थारु, गुरुङ, मगर, कुमाल, कामी, दमै, ठकुरी, मुसलमान आदि
३ अर्थतन्त्रः
- मुख्य पेशाः कृषि
- अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
- मुख्य वालीः धान, गहुँ, मकै, तोरी, मसुरो, उखु र केरा
- प्रमुख उद्योगः ६२
- औद्योगिक एवं व्यापारिक केन्द्रहरुः दुम्कौली, भेडावारी, सर्दी आदि ।
४ राजनीतिः
- स्थानीय तहः ८ : ४ नगरपालिका (गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु) र ४ गाउँपालिका (विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली)
- वडा: ९१ वटा
- प्रतिनिधि सभा निर्वाचन क्षेत्रः २
- प्रदेश सभा निर्वाचन क्षेत्रः ४
- मुख्य राजनीतिक दलः नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काङग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र),राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी
- प्रतिनिधि सभामा प्रतिनिधित्वः ३
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ०
- नेपाली कांग्रेसः २ (प्रत्यक्ष २, समानुपातिक १)
- प्रदेश सभामा प्रतिनिधित्वः ६
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ३ (प्रत्यक्ष ३, समानुपातिक १)
- नेपाली कांग्रेसः ३ (प्रत्यक्ष १, समानुपातिक १)
- स्थानीय तहको प्रमुख/अध्यक्षमा प्रतिनिधित्वः
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ६
- नेपाली कांग्रेसः २
१.५ विविधः
- क्याम्पसः २२
- सामुदायिक विद्यालयः ३११
- संस्थागत : ९३
- मदरसा : १
- गुम्बा:१
- गुरुकुल:३
- प्राविधिक शिक्षालय: ९
- विशेष कक्षा :७ (सुस्त श्रवण २, दृष्टिविहिन १, सुस्त मनस्थिति १ समेत)
धार्मिक मठ मन्दिर
- मठ मन्दिरः ९३
- गुम्बाः १४
- मस्जिदः १
- चर्चः १४